नियम
कारागार कार्यालयले बुझिलिने
(१) प्रत्येक जिल्ला कारागार कार्यालयले सो जिल्ला भित्रका निम्नलिखित प्रकारका अड्डाले पठाएका कैदी वा थुनुवालाई बुझी लिनुपर्दछ ।
(क) जिल्लास्थित अदालतहरुबाट,
(ख) जिल्लास्थित प्रमुख जिल्ला अधिकारीबाट,
(ग) प्रचलित कानून बमोजिम थुनी कारबाही गर्न नपाउने वा कैद हुने गरी सजाय तोक्न पाउने अधिकार प्राप्त अड्डाहरुबाट,
तर –
(१) इलाज उपचारको निमित्त वा अन्य कारणबाट नेपाल सरकारको सामान्य आदेशद्वारा झिकाइएमा वा अनुमति
दिइएमा अन्य जिल्लाबाट आएका कैदी थुनुवाहरु पनि राखिनेछ ।
(२) काठमाडांै उपत्यकाको कारागार र छानबिन तथा अनुसन्धान केन्द्रमा बागमती अञ्चलभित्रका माथिका खण्डहरुको उल्लिखित अड्डा अदालतहरुबाट पठाइएका कैदी थुनुवाहरु
राखिनेछ ।
(२) उपनियम (१) मा जुनसुकै लेखिएको भए तापनि सदर कारागारमा नेपाल राज्यभित्रको कुनै पनि कारागारबाट आएका, अन्य सेण्ट्रल कारागारहरुमा सो कारागारको क्षेत्रभित्रको कुनै पनि कारागारबाट आएका तथा जिल्लाका कारागारहरुमा सो कारागारको क्षेत्रभित्रको कुनै पनि कारागारबाट आएका कैदीलाई राखिनेछ ।
(३) थुन्न वा कैद गर्न पठाउ“दा प्रचलित कानून बमोजिम रीत पु¥याउनु पर्ने रीतका अतिरिक्त निम्न लिखित कुरा पनि खुलाई पठाउनु पर्दछ र नखुलेमा सो खुलाई
लिन प्रत्येक कारागार कार्यालयको कर्तव्य हुनेछ :-–
(क) अदालत, प्रमुख जिल्ला अधिकारी बाहेक अन्य अड्डाको निमित्त कुनै व्यक्तिलाई थुनी कारबाही गर्न पाउने अधिकार दिने कानूनको नाम र दफा,
(ख) थुनुवा कैदीको नजिकको हकदार,
(ग) सिधा दिइने श्रेणी,
(घ) कानून बमोजिम कैद हुने वा रुपैया“ तिर्न नसकेवापत थुनिएको के हो ?
(ङ) जिम्मा लिई आउने व्यक्तिको दर्जा नाम थर,
(च) थुनुवा पूर्जी दिइएको नदिएको ।९ठ०